बैतडीमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या
बैतडीः बैतडीमा पाठ्यपुस्तक अभावको समस्या देखिएको छ। शैक्षिक सत्र सुरु भएर विद्यालय खुलेपनि जिल्लामा पाठ्यपुस्तक नहुँदा पठनपाठन सुचारु हुन सकेको छैन्। विद्यार्थी भर्ना गरिएपनि पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अघि बढाउन नसकिएको विद्यालयहरुले जनाएका छन्। जसका कारण सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा समेत प्रभाव पारेको बताइएको छ।
बैतडीका सामुदायिक विद्यालयहरुका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भएपनि अहिलेसम्म पाठ्यपुस्तक जिल्लामा आइनसकेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए। एक हप्ताभित्र जिल्लामा पाठ्यपुस्तक आइपुग्ने अवस्थीले बताए।
चुनावका कारण पाठ्यपुस्तक छपाईमा ढिलाई भएको जानकारी आएको उनको भनाइ छ। बैतडीमा ५ सय ४० सामुदायिक विद्यालयहरु छन्।