सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना

२०७९ जेठ १४, ०७:४१ खबर संवाददाता

धनगढी: बैतडीमा जीप दुर्घटना भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-१ पालडीमा शुक्रबार म१ज ३१७ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ।

पञ्चेश्वरको धर्मघाट जाँदै गरेको जीप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए। जीपमा चालकसहित चार जना सवार रहेका र सबै सकुशल रहेका उनले बताए। जीप चालक शिवनाथ गाउँपालिका-२ का मोहनराम सार्की भने फरार रहेका र उनको खोजी भईरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस