बाजुरा बुढीगंगाको निर्वाचन विवाद अदालतमा पुग्यो, कांग्रेस र एमाले डाकिए
धनगढीः बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवाद झन बढेको छ। निर्वाचन विवादले अर्को रुप लिएपछि अहिले सो विवाद अदालत प्रवेश गरेको छ। नेकपा एमालेले उच्च अदालत दिपायलमा मतगणनाको माग राखेर निवेदन दिएको थियो। सोही निवेदनका आधारमा दुवै पक्षलाई छलफलका लागि डाकिएको अदालतले जनाएको छ। यस्तै निर्वाचन आयोगले फेरि मतदानको निर्णय गरेपछि सर्वोच्च अदालतमा समेत रिट निवेदनको तयारी भएको छ।
३० वैशाखमा निर्वाचन भएपछि बुढीगंगाका निर्वाचन अधिकृतले मतगणना गर्ने वा फेरि निर्वाचन गर्ने भन्नेवारे निकास दिन निर्वाचन आयोगमा पत्राचार गरेका थिए। त्यसपछि उनी फिर्ता भए। निर्वाचन आयोगले स्थलगत टोली पठाएको थियो।निर्वाचन सकिएको दुई साता वितिसक्दा पनि मतगणना नभएको भन्दै एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाले उच्च अदालत दिपायलमा निर्वाचन अधिकृतको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबिरुद्ध मुद्दा दायर गरेका थिए। रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
निर्वाचन आयोगले बिहीबार नै बाजुरामा फेरि मतदान गर्ने निर्णय ग¥यो। निर्णय विरुद्ध एमालेले सर्वोच्च अदालतमा कानूनी उपचार खोज्ने तयारी थालेको छ। बाजुरामा एमाले र कांग्रेसले एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाएका छन्। कांग्रेसले दुईवटा वडामा बुथ क्याप्चर गरेको एमालेको आरोप छ। एमालेले ४ वटा बुथ क्याप्चर गरेको कांग्रसको आरोप छ। एमालेले महान्यायाधीवक्ता खम्मबहादुर खातीले पदको दुरुपयोग गरेर सुरक्षा निकायका अधिकारीहरुलाई दिउँसो नै मतदान केन्द्रबाट फिर्ता बोलाई जथाभावी मत खसालेको आरोप एमाललले लगाएको छ। सत्ताको दुरुपयोग गरेर कांग्रेसले जथाभावी मत खसालेको आरोप लगाउने एमालेले भने त्यहाँ फेरि मतदान नगरी मतगणना गर्नु पर्ने माग राखेको छ।