सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जीप दुर्घटना, ८ जना घाइते 

२०७९ जेठ १३, १२:१९ खबर संवाददाता

धनगढीः डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको आदर्श गाँउपालिका वडा नं ६ गिरिचौकाबाट दीपायल जान लागेको जीप दुर्घटना भएको हो। 

प्रहरीका अनुसार शुक्रबार बिहान सुप्रप्र १३९४ नम्बरको जीप दुर्घटना भएको र दुघृटनामा ८ जना घाइते भएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस