बैतडीको एक वडाका जनप्रतिनिधिले पारिश्रमिकबाट ७ विद्यालयमा अक्षयकोष स्थापना गर्ने
धनगढी: बैतडीको पाटन नगरपालिका-३ का जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट वडाका ७ वटा विद्यालयमा अक्षय कोष स्थापना गर्ने भएका छन्। वडा अध्यक्ष करुणाकर भट्टसहित वडा सदस्यहरुले ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने भएका हुन्।
आफूहरुको कार्यकालका अवधिमा पारिश्रमिकबाट वडाभित्रका ७ वटा विद्यालयमा ५० हजार रुपैयाँका दरले अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको वडाध्यक्ष भट्टले बताए। यस्तै, वडा कार्यालयबाट प्रदान गरिने सेवा घुम्ति शिविरबाट समेत प्रदान गरिने बताइएको छ।