सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यापार सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

२०७९ जेठ १२, ०९:४९ रासस

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। आज धनगढीमा रेमण्ड शपको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले व्यापार, व्यवसायले विकासमा सहयोग पुग्ने उल्लेख गर्दै बढीभन्दा बढी व्यवसाय, उद्योग सञ्चालन हुन आवश्यक रहेको बताए। 

मुख्यमन्त्री भट्टले भने, “व्यापार, व्यवसाय विकासको एक पक्ष पनि हो, यसले रोजगारी सिर्जना गर्दछ र हामीले गर्न खोजेको विकासमा सहयोग पनि पुग्ने गर्दछ।”  मानिसले लगनशील भएर व्यवसाय गरेमा सफलता अवश्य नै प्राप्त हुने गरेको मुख्यमन्त्री भट्टले धारणा व्यक्त गरे। उनले भने, “हामीले एकैचोटि ठूलो हैन, सानैबाट व्यवसाय सुरु गर्नु पर्दछ र दृढताका साथ अगाडि बढियो भने सफलता अवश्य प्राप्त हुन्छ।”
 

कमेन्ट लोड गर्नुस