सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा विपन्न परिवारलाई आर्थिक सहयोग 

२०७९ जेठ १२, ०९:३७ खबर संवाददाता

बझाङः बझाङको बित्थडचिर गाउँपालिकाका विपन्न परिवारलाई आर्थिक सहयोग गरिएको छ। पारिवारीक आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनमा समस्यामा रहेका परिवारलाई युनिसेफ नेपालको सहकार्यमा बागेश्वरी असल शासन क्लब (बास)ले सहयोग हस्तान्तरण गरेको हो। 

सहयोग अन्तरगत आर्थिक अवस्था निकै कमजोर रहेका बित्थडचिर गाउँपालिका ५ ओसैलकी लिलादेवी महरलाई बाख्रापालनको लागि नगद ५ हजार सहयोग गरिएको छ। लामो समयदेखी  श्रीमान पुर्ण अपांग रहेकी महरका तीनजना छोराछोरी छन्। पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेका उनलाई बाख्रा खरिदका लागि बीउ पुँजी स्वरुप आर्थिक सहयोग गरिएको बास नेपालकी मनोसाजिक बिमर्शकर्ता सरस्वती बोहराले जानकारी दिइन्। 

यस्तै बित्थडचिर गाउँपालिका २ लिमका राजेन्द्र कामीलाई कुखुरा पालनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 

कमेन्ट लोड गर्नुस