सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य

२०७९ जेठ १२, ०७:२३ रासस

काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ। अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार २०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० छ। अघिल्लो दिन उक्त सुन प्रतितोला ९७ हजार ७०० पुगेको थियो।  
   
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २७० पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस