सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १२९ जना सक्रिय संक्रमित

२०७९ जेठ १२, ०५:०१ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो। २०२५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र १६०३ जनाको एन्टिजेटन परीक्षण गर्दा ७ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२९ जना सक्रिय संक्रमित रहेका छन्।

कमेन्ट लोड गर्नुस