सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब बैतडीबाटै इ–पासपोर्ट 

२०७९ जेठ १२, १०:३३ खबर संवाददाता

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले विद्युतीय राहदानी(इ–पासपोर्ट) सेवा सुरु गरेको छ। बुधबारबाट विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरिएको  जिल्ला प्रशासन कार्यालय  बैतडीका सूचना अधिकारी खगेन्द्र  भारतीले जानकारी दिए।

उक्त सेवा सुरु भएसँगै अब विदेश जानेहरुले बैतडीमै १५ दिनभित्र राहदानी  पाउने भएका छन्। ई–पासपोर्ट बनाउनेले १० हजार शुल्क तिर्नुेपर्ने  बताइएको  छ। यसअघि काठमाडौँ गएर राहदानी बनाउनुपर्ने बाध्यता रहेकोमा जिल्लामै सेवा सुरु भएपछि समय र पैसाको बचत हुने विश्वास गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस