सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लालरत्न अस्पतालले कुमारी बैंकका कार्डवाहक ग्राहकलाई सेवामा छुट दिने

२०७९ जेठ ११, ०५:२७ खबर संवाददाता

कैलाली: कैलालीको लम्कीमा रहेको लालरत्न अस्पतालले कुमारी बैंकका कार्डवाहक ग्राहकलाई सेवामा छुट दिने भएको छ। बुधबार कुमारी बैंक कैलाली र उक्त अस्पतालबीच कार्डवाहक ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको हो।

यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन केबीएल इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको शाखा प्रबन्धक पवन आचार्यले बताएका छन्।

 यस्तै मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र कार्डको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको बैंकले जानकारी गराएको छ।
कुमारी बैंकले देशैभरि फैलिएका आफ्ना १९७  वटा शाखा, १७७ वटा एटीएम र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।                   

कमेन्ट लोड गर्नुस