सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा नावालिगमाथि बलात्कार आरोपमा शिक्षक पक्राउ, भिडिओ भाइरल

२०७९ जेठ ११, १२:३२ खबर संवाददाता

धनगढीः दार्चुलामा एक शिक्षक नावालिग छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका-६ स्थित खालीडाडा लेकबाट बलात्कार आरोपमा शिक्षक रामसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर विषयका शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १७ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप छ। अहिले उनलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रतिक बिष्टले बताए। पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएकी थिइन्। उनको उजुरीपछि प्रहरीले धामीलाई समातेको हो। पीडित किशोरी आरोपित धामीको छिमेकी र बहिनी नाता पर्ने बताइएको छ। 

आरोपित शिक्षक धामीले किशोरीलाई गत सालको फागुन महिनामा पहिलोपटक बलात्कार गरेको उनका आफनतले बताएका छन्। आफन्तका अनुसार ती शिक्षकले बलात्कार गरेपछि भिडिओ पनि बनाएको र त्यहीँ भिडिओ देखाएर ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गर्ने गरेका थिए। आरोपित धामीले बनाएको भिडिओ पनि अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ।

यही जेठ ६ गते आरोपित धामीले उक्त भिडिओ आफ्नो एकजना साथीको पर्सनल म्यासेजमा पठाएका थिए। त्यसपछि त्यो उनका साथीले त्यो भिडिओ अरु व्यक्तिहरुलाई सेयर गरेका थिए। यसरी सेयर हुँदै गएपछि भारतको बेङ्गलोरमा बस्ने एकजनाले फेसबुकमा सार्वजनिक गरेका थिए। त्यसपछि यो घटना बाहिरिएको थियो। 

कमेन्ट लोड गर्नुस