बैतडीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
धनगढी: बैतडीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ। एमालेको भातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै बैतडीको पाटनमा प्रदर्शन गरेको हो।
अनेरास्वयिुका जिल्ला कमिटि सचिवालय सदस्य सञ्जु भण्डारीले मूल्य वृद्धिले गरिब नागरिकलाई समस्या परेको हुँदा मूल्य वृद्धि फिर्ता गर्न माग गरेको बताए। सरकारले मूल्य वृद्धि फिर्ता नगरेसम्म संघर्षका कार्यक्रम जारी रहने बताइएको छ।