सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको एक सहकारी संस्थाबाट ५ लाख चोरी

२०७९ जेठ १०, ०३:५५ खबर संवाददाता

बझाङ: बझाङको एक सहकारी संस्थामा चोरी भएको छ। बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट  नगद ५ लाख २१ हजार ८ सय ५ रूपैयाँ चोरी भएको हो।

आइतबार अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर  सेफलाई लगेको र सेफ टोडेर उक्त रकम चोरेको प्रहरीले जनाएको छ।  उक्त सेफ भवनदेखि अन्दाजी २ सय मिटर टाढा फेला परेको थियो। 

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस