सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलाशैनीमा भारत जाने कामदारको नि:शुल्क बिमा गरिने

२०७९ जेठ १०, ०३:१८ खबर संवाददाता

धनगढी: बैतडीको डिलाशैनी गाउँपालिकामा भारत जाने कामदारको नि:शुल्क बिमा गरिने भएको छ। गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीका अनुसार गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने नागरिकको नि:शुल्क दुर्घटना बिमा गर्ने निर्णय भएको हो।

सोमबार पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन्। कार्यविधि बनाएर रोजगारीका लागि भारत जानेहरुको बिमा गरिने गाउँपालिकाले जनाएको छ। रोजगारीका लागि भारत जानेहरुले सम्बन्धित वडा तथा पालिकामा आफ्नो विवरण पेश गर्ने र सोही विवरणको आधारमा दुर्घटना बिमा गरिने अध्यक्ष जोशीले बताए।

यस्तै, गाउँपालिकाले द्वन्दका बेला शहीद भएकाहरुको परिवारलाई मासिक ३ हजार सम्मान भत्ता र जनआन्दोलनका घाइतेहरुको नि:शुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।  
 

कमेन्ट लोड गर्नुस