सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एमालेलाई निल हुनबाट जोगाउने दुर्गादत्त

२०७९ जेठ १०, १२:२९ खबर संवाददाता

डोटीः डोटीमा यसपटक नेकपा एमालेले आफ्नो हैसियत गुमाएको छ। गत स्थानीय तहको निर्वाचनमा एमालेले ५ पालिका जितेको थियो।  दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, पूर्वीचौकी र जोरायल गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो। बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै जित भएको थियो। 

यस पटक भने एमाले विरासत जोगाउन असफल भएको छ। अघिल्लो पटक ५ पालिका प्रमुख र ६ उपप्रमुख जितेको एमालेले भने एक पालिका प्रमुख/उपप्रमुखमा चित्त बुझाउनु परेको छ। गठबन्धनविनै चुनाव लडेको कांग्रेसले यसपटक जिल्लाका ९ स्थानीय तहमध्ये ७ वटामा प्रमुखरउपप्रमुख दुवै र एउटा पालिकामा उपप्रमुख जितेको छ। माओवादी केन्द्रले भने आफ्नो पुरानै हैसियत जोगाएको छ।

नेकपा एकीकृत समाजवादीका नेता एवं बहानवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको गृह पालिका समेत रहेको जोरायल पञ्चायत कालदेखिनै कम्युनिष्टको उर्वर भूमि मानिन्छ। तर, यस पटक भने एमालेलाई त्यहाँ चुनाव जित्न हम्मेहम्मे भयो। गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार दुर्गादत्त ओझा प्रतिस्पर्धीसँग झिनो मतान्तरले विजयी भए। ओझाले ३४४९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपककुमार बिष्टले ३४१२ मत ल्याए । एमालेका ओझा जम्मा ३७ मतान्तरले विजयी भए।

जोरायलमा एमालेले उपाध्यक्ष पनि जितेको छ। एमाले उम्मेद्वार जमुना बोहरा ३५९९ मत ल्याएर उपाध्यक्षमा पुनः निर्वाचित भएकी छन्। तर, उपाध्यक्षको मतान्तर पनि गत निर्वाचनको भन्दा धेरैले खुम्चिएको छ। गत निर्वाचनमा ९१३ मतको अन्तर रहेकोमा यस पटक कांग्रेसकी चन्द्राकुमारी साउँदलाई जम्मा ८२ मतको मात्रै अन्तर रहेको छ। 

जोरायलमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो। 
 

कमेन्ट लोड गर्नुस