प्रणय दिवसः तिम्रो प्रेम र मेरो कविता
कविता
हरि भट्ट
चिसो मौसम
प्रेमी मौसम
वसन्त क्रितृको मौसम
नयाँ पालुवा पलाउने मौसम
लागेको प्रेम सप्ताह
प्रेम गर्ने मौसम यही
साहित्य लेख्ने मौसम पनि
रुखका पुराना पात झर्दैछन
नयाँ पालुवा पलाउँदै छन
यस्तै कसैको विछोड हुदैछ ।
कसैले नयाँ जोडी बनाउदैछन ।
चरीले प्रेमका गित गाउँदै छन
प्रेम जोडीहरु रमाउँदै छन् ।
आऊ प्रिय तिमी पनि
मेरो सामिप्यमा
रातो फुल ल्याएर
अनगीन्ती प्यारका खात ल्याएर
आऊ प्रिय विश्वास ल्याएर
केवल निश्चल मन ल्याएर
मनभरी उत्साहको फोहोरा ल्याएर
प्रेम विश्वास हो ।
प्रेम जीवन हो ।
अनि त्याग हो ।
त्यसैले आउँ प्रिय
रोशनीको उज्यालो फाट्न नपाउदै ।
प्रिय उमेरमा नै हो उत्तेजित हुने
फक्रेका फुलका थुंगा चुम्ने
फक्रेका फुल देखेर लोभिने
जवानीमा चुप लागेर वस्ने को नै छ र ।
यो मौसम हाम्रो प्रेमको हो ।
मुना मदन र
रोमियो जुलियटको जस्तो प्रेम गरौ ।
आमाको काखमा खुसी रहेको
आमाको काखमा नै ओलिन चाहेको फूल
अनि आँसुको अक्षरले लेखेको
प्रेम पत्र बोकेर
आउँ प्रिय
त्यागेर त्यो समाजलाई
जसले प्रेम गर्दा, गति छाडाको उपाधि दिन्छ
अनि म आउँछु
मनै भरीको भावना पोखेको कविता बोकेर
जहाँ हुनेछ, एउटा चिया पसल
दुई कप चिया
अनि तिमी र म
तिम्रो पे्रमपत्र र मेरो कवितामा
समाजलाई उतारेको हुनेछ ।
जुटौ समाज परिवर्तन गर्न
जसको नेतृत्व हामी गरौं
यो प्रेम दिवसबाट
समाजलाई नयाँ गति दिन
तिमी प्रेमको युद्ध गर
म कलमले युद्ध गर्छु ।
प्रेम पाउन
संसारमा युद्ध भए
विध्पंश भए प्रेमकै निहुँमा
प्रेमले हामीलाई जोड्छ एकाकार बनाउँछ ।
त्यसैले त प्रेम सुन्दर छ ।
मोहक अनि मधुर पनि छ ।