बैतडीमा एक वडाध्यक्षले गरे आफ्नो तलबबाट सबैको विजुलीको विल तिर्ने घोषणा
बैतडीः बैतडीको पाटन नगरपालिका-९ का वडाध्यक्ष कालुसिंह भाटले आफ्नो वडावासीका लागि विद्युत सेवा निशुल्क गर्ने बताएका छन्। सोमबार सिद्धेश्वर मावि हुक्केडाडाँमा आयोजित सहभोज कार्यक्रममा उनले मासिक पारिश्रमिकबाट वडाभरका जनताको विद्युतको विल तिरिदिने बताएका हुन्।
उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडाध्यक्ष बनेको बताए। सो वडामा जम्मा ४ सय ५० विद्युतका सेवाग्राही छन्। अध्यक्ष भाट सत्ता नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएर विजयी बनेका थिए।