सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्दरी प्रतियोगिता रोक्न माग

२०७९ जेठ ९, ०१:१९ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नुपर्ने माग गरेकी छिन्। सोमबार संसदको महिला तथा सामाजिक समितिको बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा उनले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ ? भनेर सरकारलाई प्रश्न सोधेकी छिन्।   

‘बिगतमा पनि आफूहरुले सुन्दरी प्रतियोगिताको विषयमा गम्भीर भएर राज्यले सोच्नुपर्ने भनी आवाज उठाएका हौं, सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन भने यसलाई रोक्न सक्नुपर्छ’ उनले भनिन्। 
 

कमेन्ट लोड गर्नुस