सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास सिलिन्डरमा २ सय रुपैयाँ महंगो

२०७९ जेठ ९, १०:०९ खबर संवाददाता

काठमाडौं : नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धिले निगम घाटामा जाँदा इन्धन खरिदको रकम भुक्तानी गर्न नसकेपछि मूल्यवृद्धि गरेको हो। 

निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर दुई सय रुपैयाँ बढाएको छ। त्यसैगरी, पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन(आन्तरिकतर्फ) लिटरमा १० रुपैयाँ बढाएको छ। पेट्रोलको मूल्य लिटरको १ सय ८०, डिजेलको मूल्य १ सय ६३ रुपैयाँ र हवाई इन्धनको मूल्य लिटरको १ सय ६६ रुपैयाँ पुगेको छ।

त्यसैगरी,ग्यासको मूल्य सिलिन्डरमा १६ सय रुपैयाँबाट बढाएर १८ सय रुपैयाँ पुर्‍याएको छ। निगमले ग्यासमा प्रति सिलिन्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा व्यहोर्दै आएको थियो। निगमको ग्यासमा लागत प्रति सिलिन्डर २६ सय ५० रुपैयाँ १८ पैसा छ।

मूल्यवृद्धि गर्दा पनि निगमको घाटा ३ अर्ब ३५ करोड रुपैयाँ रहेको आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

कमेन्ट लोड गर्नुस