बैतडीको डिलाशैनीका जनप्रतिनिधिले गरे शपथ ग्रहण
२०७९ जेठ ९, ०८:०४
धनगढी: बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन्। नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्। अध्यक्ष जोशी स्वतन्त्रबाट निर्वाचित भएका थिए।
कमेन्ट लोड गर्नुस