सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको झुलाघाटमा पुल निर्माणको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

२०७५ फाल्गुन १, ०६:४८ खबर संवाददाता

सुदुरपश्चिम प्रदेशको सवैभन्दा पुरानो नाका बैतडीको झुलाघाटामा पुल निर्माणको माग गरिएको १५ बर्ष हुँदा पनि त्यसले सार्थक प्रयास पाउन नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ। डेढ दशकदेखि मोटररेवल पुल निर्माणको माग सुनुवाई नभएपछि वैतडीमा दवाव समिति बनाएर आन्दोलनमा उत्र्रिएको पुल निर्माण दवाव समितीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाईएको हो। संघर्ष समितीका संयोजक नरवहादुर चन्द लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय वैतडी मार्फत नक्सा सहितको ज्ञापन पत्र बुझाएको हो।

नेपाल भारत सीमा क्षेत्रका दुवै देशका सीमावर्ती क्षेत्रका वासिन्दाहरुले हस्ताक्षर संकलन गरेर पुल निर्माणका लागि नेपाल र भारतका सरकार र कुटनितिक निकायलाई बुझाईएको भएपनि पुल निर्माण भएको छैन्। झण्डै डेढ सय बर्ष पुरानो झुलुङले पुलको सहाराले आवतजावत भएपनि पक्की मोटररेवल पुल निर्माणका लागि बर्षौदेखि पहल हुँदै आएपनि त्यसले सार्थकता पाउन सकेको छैन्।

स्वर्गीय प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको पालादेखि हस्ताक्षर संकलन गर्दै दुवै देशका सीमावर्ती क्षेत्रका वासिन्दाले पक्की पुल निर्माणका लागि नेपाल सरकार र भारतीय राजदुतावासमा बुझाए पनि त्यसले मुर्त रुप पाउन सकेको छैन्। त्यसैले पहिलो चरणमा ज्ञापनपत्र बुझाईएको दवाव समितीका संयोजक तथा वैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरवहादुर चन्दले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस