सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु 

२०७९ जेठ ६, १०:५० खबर संवाददाता

धनगढी: कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको से १ च ४४८ नम्बरको जीपले म२प६८३३ नम्बरको मोटरसाइकललाई अर्जुनी व्यारेक नजिककाे जंगलमा ठक्कर दिएको हो।

दुर्घटनामा बेदकोट नगरपालिका ५ बस्ने ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेषबहादुर बम घाइते भएका थिए। उनीहरुको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला  प्रहरी  कार्यालय कञ्चनपुरले बताएको छ। जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।  

कमेन्ट लोड गर्नुस