सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा गुडीरहेको जीपमाथि रुख ढल्दा ३ जना घाइते

२०७९ जेठ ६, ०९:३४ खबर संवाददाता

डोटी: डोटीमा गुडीरहेको जीपमाथि रुख ढल्दा ३ जना घाइते भएका छन्। राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेनातर्फ गइरहेको सुपप्र ००१ ज १३२९ नम्बरको जीपमा रुख ढल्दा ३ जना घाइते भएका हुन्।

दुर्घटनामा २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायर घाइते भएको प्रदेश ट्राफि प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस