धनगढी सुपर लिग: लिटल फ्लावर र बुङगल क्रीकेट क्लबको विजयी सुरुवात
कैलाली: कैलालीको धनगढीमा शुक्रवारबाट सुरु भएको राष्ट्रिय टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’माआयोजक लिटल फ्लावर क्रीकेट क्लब र बझाङको बुङगल क्रीकेट क्लबले विजयी सुरुवात गरेका छन्। धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शुक्रवारबाट सुरु भएको प्रतियोगितामा लिटल फ्लावरले धनगढी क्रीकेट एकेडेमी र बुङगलक्रीकेट क्लबले कैलालीजिल्ला क्रिकेट क्लबलाई पराजितगर्दै सुखद सुरुवात गरेका हुन्।
शुक्रबार भएको उद्घाटन खेलमा लिटल फ्लावर क्रीकेट क्लबले धनगढी क्रीकेट एकेडेमीलाई २२ रनले पराजित ग¥यो। टस हारेर ब्याटिङको निम्तो पाएको लिटल फ्लावरले निर्धारित २० ओभरमा७विकेट गुमाएर १ सय७९ रन बनायो। १ सय ८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको धनगढी क्रीकेट एकेडेमीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो।
उसका राजु रिजालले ४८ बलमा ९ चौका र ३ छक्का सहित७७ रनको उत्कृष्ट पारी खेले पनित्यो जितका लागि पर्याप्त हुन सकेन। रिजाल बाहेक टिमका अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो बन्ननसक्दा डीसीएले हार बेहोरेको हो। बलिङ तर्फ लिटल फ्लावरकाकुशल रुपाखेती र अनुपकुँवरले ३÷३ तथा कृष्ण कार्कीले २ विकेट लिए।
त्यस अघि टस हारेर ब्याटिङ थालेको लिटल फ्लावरका नरेन भट्टले ४० बलमा ८ चौका र २ छक्काको मद्दतले ६३ रनको सानदार पारी खेले। लिटल फ्लावरका लागि अभिषेक पालले २८ बलमा ४४ रन बनाए। बलिङ तर्फ डीसीएका अभिष कोइराला, हिक्मतबोहरा र अरुण ऐरीले समान २÷२ तथाभोजराजभट्टले १ विकेट लिए। खेलको प्लेयर अफदीम्याच लिटल फ्लावरका नरेन चुनिए । उनले नगद २ हजार ५ सयसहित ट्रफी र मेडल प्राप्त गरे।
शुक्रबार भएको दोस्रो खेलमा बुङगल क्रीकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बुङगलक्रीकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रनको विशाल योगफल तयार पा¥यो। २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रीकेट क्लब १५.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो। उसकालागिदीपक टमाटाले ३५ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानको प्रदर्शन सम्झनलायकबन्न सकेन । बलिङ तर्फ बुङगलका आकाश चन्दले ४, लोकेन्द्र चन्द, आदित्य महता र मिलन बोहराले समान २÷२ विकेट लिए।
त्यस अघि बुङगललाई विशाल योगफलतर्फ अघि बढाउन किरण कुमार ठगुन्नाले २२ बलमा ५८ र प्रकाश पाण्डेले ३६ बलमा ५२ रनको सम्झनलायकपारी खेले। उसका सन्दीप विष्टले ३६ र लोकेन्द्र चन्दले २० रन बनाए। बलिङ तर्फ कैलाली जिल्ला क्रीकेट क्लबका बलरहरू महँगा साबित भए। खेलको प्लेयर अफदीम्याच ६ छक्का र ३ चौकाको मद्दतले ५८ रनको सानदार परी खेलेका किरण चुनिए। उनले नगद २ हजार ५ सयसहित ट्रफी र मेडल प्राप्त गरे।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालनहुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद २ लाखउपविजेताले १ लाखतथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्स म्यान तथा उदीयमान खेलाडीले ७हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।