कञ्चनपुरको शुक्लाफाँटा-८ को वडाध्यक्षमा माओवादीका महरा प्यानलसहित विजयी
२०७९ जेठ ६, ११:२६
धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ को वडा अध्यक्षमा माओवादी केन्द्रका बहादुरसिंह महरा विजयी भएका छन्। उनी प्यानलसहित विजयी भएका हुन्।
महराले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रसिंह ठगुन्नालाई २५५ र नेपाली काँग्रेसका कृष्णबहादुर ठगुन्नालाई ३६२ मतको अन्तरले पराजित गरेका छन्। सदस्यमा लालसिंह महरा, जनकलाल डगौरा, विमलादेवी चौधरी र सरितादेवी टमाटा निर्वाचित भएका छन्।
कमेन्ट लोड गर्नुस