सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका पालिका प्रमुखहरुले लिए शपथ 

फोटो : तेजु ओली
फोटो : तेजु ओली
२०७९ जेठ ६, ०८:५० खबर संवाददाता

धनगढी: डोटीका पालिका प्रमुखहरुले शपथ ग्रहण गरेका छन्। जिल्लाका ९ ओटै पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विदुर काफ्लेले शपथ ग्रहण गराएका हुन्। 

शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायर, दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्का, आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्का, जोरायलका अध्यक्ष दुर्गादत्त ओझा, बडिकेदारका अध्यक्ष भैरव साउद, पूर्वीचौकीका अध्यक्ष रामप्रसाद उपाध्याय, सायलका अध्यक्ष धर्मराज जोशी, बोगटान फुड्सिलका अध्यक्ष कमलबहादुर गड्सिला र केआईसिंहका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पद तथा गोपनियताको शपथ लिएका हुन्।

नौ ओटा पालिकामध्ये नेपाली काँग्रेसले सात पालिकामा प्रमुख तथा अध्यक्ष, आठ पालिकामा उपप्रमुख तथा उपाध्यक्ष, नेकपा एमालेले एक पालिकामा अध्यक्ष तथा उपाध्यक्ष र नेकपा माओवादी केन्द्रले एक पालिकामा अध्यक्ष जितेको छ।


 

कमेन्ट लोड गर्नुस