सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा माटो बिनाको खेती

२०७५ फाल्गुन १, ०२:४३ रोशन भट्ट

माटो बिनाको खेती भन्ने बितिकै धेरैलाई अचम्म लाग्न सक्छ। तर सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका एक युवाले माटो बिनाको खेती गरेका छन्। धनगढीका युवा भुवन जोशीले माटो विनाको तरकारी र फलफुल खेती सुरु गरेका हुन्। धनगढी उप–महानगरपालिका २ मा जोशीले एक वर्ष पहिले माटो विनाको खेती अर्थात हाड्रोपोनिक्स एग्रीकल्चर प्रविधि मार्फत खेती सुरु गरेका हुन्। एक वर्षको अवधीमा जोशीले माटो विनाको खेतीबाट  फलफुल र तरकारी उत्पादन समेत गरिसकेका छन्।

 

उनले धेरै थरीका तरकारी तथा फलफुल पानीमै उत्पादन गरेका छन्। जोशीले अहिले टमाटर, खुर्सानी, स्ट्रोवेरी, हरियो तरकारी लगायतका अन्य फलफुल माटो बाहीर उत्पादन गर्दै आएका छन्। जोशीले उत्पादन गरेका तरकारी र फलफूल अहिले बजार सम्म पु¥याएका छैनन् तर घरका सदस्यका लागी फलफूल र तरकारी किन्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

 

जोशी सोही प्रविधिको प्रयोग गरी व्यवसायीक बन्ने इच्छा व्यक्त गर्छन्। जोशीले धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा प्रर्दशनीका लागि आफूले हाड्रोपोनिक्स एग्रीकल्चर प्रविधि मार्फत उत्पादन गरेका उपजहरुको स्टल राखेका छन्। उनले हाड्रोपोनिक्स एग्रीकल्चर प्रविधिबाट खेती गर्न ईन्टरनेटको माध्यमबाटै सिकेका हुन्। जोशीले माटो विनाको खेती अर्थात हाड्रोपोनिक्स एग्रीकल्चर सुरु गर्दा चिन्ने साथीभाई, आफन्त र छिमेकीले जोशीलाई माटो विनाको खेती कसरी सम्भव हुन्छ भनेर प्रश्न गर्थे भने कतिपयले त पागलको संज्ञा दिन्थे।

तर अहिले आएर जोशीले माटो विनाको खेती सम्भव छ भन्ने कुरा प्रमाणित गरिदिएका छन्। स्वास्थ्य सहायक अध्ययन गरेका जोशीले करिव १० वर्ष जती स्वास्थ्य क्षेत्रमा पनि विताएका हुन्। करिव ४ लाखको लगानीमा एउटा ग्रीन हाउस निर्माण गरि जोशीले उत्पादन गर्न सुरु गरेका हुन्। विरुवालाई चाहिने माटो पानीको माध्यमबाट दिने गरिन्छ भने विरुवाको जरा पानी डुवाईन्छ र लिकुईट हालेको पानीबाट विरुवाले पोषण पाउने हुदा सहजै उत्पादन गर्न सकिन्छ।  
   

  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस