नेपाल युगान्डासँग फेरि पराजित
काठमाडौँ: नेपाल तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युगान्डासँग फेरि पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पाहुना टोली युगान्डासँग ६ विकेटले पराजित भएको हो। यस जितसँगै युगान्डाले दुई खेलअगावै सिरिज जितेको छ। पाँच खेलको सिरिजमा युगान्डाले ३–० को अग्रता बनाएको छ। युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो।
नेपालले दिएको एक सय रनको लक्ष्य युगान्डाले १८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो। युगान्डाको जितमा केभिन विनोले अविजित रहँदै ४२ रन जोडिन। यस्तै जेनेट बाबाजीले २७ रन जोडिन।
बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन भने रुबिना क्षेत्री र इन्दु वर्माले समान एक÷एक विकेट झारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रनको योगफल बनाएको थियो। नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन्। त्यसैगरी कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन भने सीता रानामगर १२ रनमा आउट भइन्। त्यस्तै विन्दु रावलले ४ रन जोड्दा रोमा थापा र डोली भट्टले समान ३÷३ रन जोडिन। सबनम राई र इन्दु बर्माले १÷१ रन जोडिन।
बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई÷दुई विकेट लिए भने रीता मुसामाली र जनेत एम्बाबाजीले एक÷एक विकेट लिए। पाँच खेलको महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले भोलि युगान्डासँग चौथो खेल खेल्नेछ।