सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरमा कांग्रेसको अग्रता, एमाले पछिपछि 

२०७९ जेठ ५, ०५:५९

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमराज ओझा ४ हजार ८ सय मतसहित अग्रस्थानमा छन्। उनलाई लोकेन्द्र पन्तले ४ हजार १ सय ९४ मतसहित पछ्याइरहेका छन्। अहिलेसमम नगरपालिकाको वडानम्बर १, २, ३, ८ र ९ को मतगणना सकिएको छ भने वडानम्बर ४ र ७ को मतगणना चलिरहेको छ।

यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार द्रोपती रानाले ४ हजार ६ सय १६ मत ल्याएकी छन्। उनलाई पछ्याइरहेकी एमालेकी रमिता कुमारी रानाले ४ हजार ३ सय ३२ मत ल्याएकी छन्।

कमेन्ट लोड गर्नुस