सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजोत सिंह सिद्धूलाई १ वर्षको कैद सजाय

२०७९ जेठ ५, ०४:३१ खबर संवाददाता

एजेन्सी: भारतको सर्वोच्च अदालतले कांग्रेसी नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्ध्रूलाई एक वर्षको कैद सजाय दिएको छ। सन् १९८८ मा भएको एक घटनामा सिद्धूलाई सजाय दिइएको हो। सिद्ध्रूले दुर्व्यवहार गरेकाले गुरनाम सिंह नामक व्यक्तिको मृत्यु भएको ठहर गर्दै अदालतले सजाय सुनाएको हो। 

सन् २०१८ मा सर्वोच्च अदालतले नै सिद्धूलाई सफाइ दिएको थियो। तर पीडित परिवारले पुनरवलोकनका लागि निवेदन दिएपछि अदालतले सिद्धूलाई कैद सजाय दिएको हो। 

अदालतको आदेशबमोजिम सिद्धूलाई पञ्जाब प्रहरीले हिरासतमा लिनेछ। 


 

कमेन्ट लोड गर्नुस