सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा माधव नेपालको नेकपा (एस) ‘निल’ 

२०७९ जेठ ५, ०३:४९ खबर संवाददाता

बैतडीः स्थानीय तह निर्वाचनमा बैतडीमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी निल बनेको छ। जिल्लाका १० पालिका र ८४ वडामा समाजवादीले एक सिट पनि ल्याउन सकेको छैन।

पालिका अध्यक्ष र वडाध्यक्ष गरी ३७ ठाउँमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको नतिजा शून्य आएको हो।  जिल्लाको मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको समाजवादीले तीनै ठाउँमा पराजय व्यहोरेको छ। जिल्लाको सुर्नया गाउँपालिकामा भने २६ भोटले मात्रै समाजवादीका उम्मेदवार नरेन्द्र बिष्ट अध्यक्षमा पदमा पराजित भएका छन्। 

अन्य ठाउँमा भने निकै मतान्तरले समाजवादीका उम्मेदवारहरु पराजित भएका छन्। स्थानीय तहको निर्वाचनमा पराजय भोगेपछि समाजवादीले चुनावी समीक्षा समेत गरेको छ। जिल्ला सदरमुकाममा बसेको बैठकले विभिन्न कारणले चुनाव हारेको ठहर गरेको छ।
 

कमेन्ट लोड गर्नुस