सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका सबै स्थानीय तहको नतिजा आयो, कुन दलले कति पालिका जिते ? 

२०७९ जेठ ५, ०३:३७ खबर संवाददाता

धनगढीः बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी) ले एक स्थानीय तहमा जित हासिल गरेको छ। 

कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ। एमाले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा विजयी भएको छ। माओवादी केन्द्रले दुर्गाथली र छविसपाथीभेरा गाँउपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ। 

यस्तै पालिकाको उपप्रमुख पदमा भने कांग्रेसले पाँच, एमालेले दुई,  माओवादी केन्द्रले तीन र समाजवादीले दुई स्थानीय तहमा जित हात पारेको छ। कांग्रेस सुर्मा, दुर्गाथली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, एमाले तल्कोट र साइपाल गाउँपालिका, माओवादी केन्द्र खप्तडछान्ना तथा मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ।

जिल्लाका ९४ वडामध्ये कांग्रेसले ३१, एमालेले २७, माओवादी केन्द्रले ११ र एकीकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ। जिल्लाभर आठ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस