सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका १० पालिकाको नतिजा सार्वजनिक, कसले कति पालिका जिते ? (सूचीसहित)

२०७९ जेठ ५, ०७:४७ खबर संवाददाता

धनगढी: बझाङका १० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। जिल्लाका १२ पालिकामध्ये १० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। जसअनुसार नेपाली काँग्रेस सबैभन्दा अगाडि रहेको छ। काँग्रेसले १० मध्ये ५ पालिकाको अध्यक्ष उपाध्यक्षमा जित हाँसिल गरेको हो।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा प्रमुख जितेको छ। जिल्लामा अहिलेसम्म एकीकृत समाजवादीले भने खाता खोल्न सकेको छैन। बाँकी २ पालिकाको मतगणना भइरहेको छ। 

नेपाली काँग्रेस विजयी भएका पालिकाहरूः
१ बझाङको जयपृथ्वी नगरपालिका– चेतराज बजाल
२) बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
३) बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
४) बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
५) बझाङको बित्थडचिर गाउँपालिका– अम्मरसिंह महर

नेकपा एमाले विजयी भएका पालिकाहरूः

१) बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२) बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३) बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरु:

१) दुर्गाथली गाउँपालिका – दिलबहादुर थापा
२) छबिसपाथिभेरा गाउँपालिका – बसन्त चलाउने
 

कमेन्ट लोड गर्नुस