सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटा-७ को अध्यक्षमा २ मतले जिते एमालेका धामी 

२०७९ जेठ ५, ०६:०६ खबर संवाददाता

धनगढी: कञ्चनपुरको शुकलाफाँटा नगरपालिका-७ को वडा अध्यक्षमा नेकपा एमालेका प्रतापसिंह धामी विजयी भएका छन्। उनी ७२८ मतसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भरत विष्टले ७२६ मत ल्याए। धामी विष्ट भन्दा २ भोट बढी ल्याएका जितेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका दिपकराज भट्टले ४३५ मत पाए। 

कमेन्ट लोड गर्नुस