बाजुरा बुढिनन्दामा एमालेको अग्रता कायम
२०७९ जेठ ४, ०५:५३
धनगढीः बुढिनन्दा नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेको अग्रता कायम रहेको छ। एमालेका मेयरका उम्मेदवार जनकबहादुर बोहराले ९४५ मत प्राप्त गरेका छन्।
नेपाली काँग्रेसका पदमकुमार गिरीले ७४४ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका रितादेवी सिंह अगाडि रहेकी छन्। उनले ८०९ र स्वतन्त्र उम्मेदवार रामबहादुर बोहराले ७ सय ६१ मत प्राप्त गरेका छन्।
कमेन्ट लोड गर्नुस