पाटन नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र
बैतडी: बैतडीको पाटन नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।
नगरपालिकाभित्र निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले बताए। नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र प्रदान गरिएको उनले बताए। १० वडा रहेको नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी ५२ जना निर्वाचित भएका छन्।