कञ्चनपुरको दोधाराचाँदनीमा एमाले विजयी, उपमेयरमा कांग्रेस
धनगढीः कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ। मेयरमा एमालेका किशोर लिम्बू विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका छन्। लिम्बुले ७ हजार १०४ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत ल्याए।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार गंगादेवी जोशी विजयी भएकी छन्। उनले ६ हजार ३६५ मत प्राप्त गरेकी छन्। एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन्।