सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोधाराचाँदनीमा फरक–फरक पार्टीबाट लडेका श्रीमान–श्रीमती विजयी 

२०७९ जेठ ४, ११:२२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एकदम्पती नै निर्वाचित भएका छन्। दोधाराचाँदनी नगरपालिका– ७ को सदस्यमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय  निर्वाचित भएका हुन्।  सन्दीप एमालेबाट र कमला कांग्रेसबाट चुनाव लडेका थिए।

एमालेबाट चुनावमा होमिएका सन्दीपले सात सय ५५ र कमलाले सात सय ९२ मत ल्याएर वडासदस्यमा निर्वाचित भएसँगै उपाध्याय परिवारमा खुसी छाएको छ। सन्दीपले दुई विवाह गरेका छन्। कमला उनकी जेठी श्रीमती हुन्।

कमेन्ट लोड गर्नुस