बाजुराको हिमाली गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
धनगढी: बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गोविन्दबहादुर मल्ल विजयी भएका छन्। मल्लले २३८४ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजबहादुर मल्लले २२६९ मत पाए। यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी राजकला सार्की विजयी भएकी छिन्। उनी २३६७ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कमला रावत रोकायाले २२८६ मत ल्याइन्।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि अजबहादुर मल्ल गोबिन्दबहादुर मल्लसँग पराजित भएका थिए। हिमालीका ५ वडामा नेपाली काँग्रेस र २ वडामा नेकपा एमालेका उम्मेदावार विजयी भएका छन्।