सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु, २ जना घाइते

२०७९ जेठ ३, ०९:०५ रासस

अफगानिस्तान: अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको  प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन्।

सोमबार साँझ यवन जिल्लाको शोलार ए पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए। स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन्। यसैबीच स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृतकको संख्या रिपोर्ट गरिएभन्दा बढी हुन सक्ने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस