सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दोगडाकेदारमा एमाले विजयी, गठबन्धन पराजित 

चक्र र पार्वती दोहोरिए

२०७९ जेठ ३, ०५:३७ खबर संवाददाता

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ। अध्यक्ष पदमा एमालेका चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की विजयी भएका छन्। नेपाली कांग्रेसका देवराज जोशीलाई पराजित गर्दै कार्की विजयी भएका हुन्। 

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका नवराज भट्टलाई पराजित गर्दै एमालेकी पार्वती विजयी भएकी छन्। दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन थियो।  गत स्थानीय तहको निर्वाचनमा पनि सो पालिकामा एमालेले नै जित निकालेको थियो। अध्यक्षमा चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की पुनः दोहोरिएका हुन्। 

यस्तै गाउँपालिकाका ८ वडा मध्ये ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

कमेन्ट लोड गर्नुस