सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडीमालिका नगरपालिकामा एमाले विजयी 

२०७९ जेठ ३, ०४:५५ खबर संवाददाता

बाजुराः बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दाकुमारी थापा विजयी भएकी हुन्। 

खडकाले ४ हजार ९ मत ल्याएर जितेका छन् भने काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत मात्रै ल्याए। यस्तै उपमेयरमा विजयी नन्दाकुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याएकी छन्।
 

कमेन्ट लोड गर्नुस