सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा माओवादी विजयी, उपमेयरमा एमाले

२०७९ जेठ ३, ०२:०७ खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्। नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी विजयी भएका छन्। 

निर्वाचन अधिकृतका अनुसार नगर प्रमुखमा माओवादीका पोतिलालले ८ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्। यस्तै एमालेकी कमला बोहराले ६ हजार ८ सय ३ मत पाएकी छन्। नगर उपप्रमुखमा एमालेका जोगरामले ७ हजार ५ सय ८३,  माओवादीका मञ्जु शाहले ६ हजार ८ सय ३५ मत पाएकी छन्। 

बेलौरी नगर माओवादी नेतृ बीना मगरले संघीय निर्वाचन लड्दै आएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ। यहाँ गत निर्वाचनमा पनि माओवादीका पोतिलाल नै नगर प्रमुखमा विजयी भएका थिए।


 

कमेन्ट लोड गर्नुस