बझाङको वित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
बझाङ: बझाङको वित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका अम्मर सिंह महर ३ हजार १५९ मत सहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका लोकेन्द्र बहादुर बोहराले २ हजार ६ सय मत पाएका छन्।
उपाध्यक्षमा पनि कांग्रेसकै धनलक्ष्मी कुमार सिंह विजयी भएकी छन्। उनले २ हजार ९४९ मत प्राप्त गरेकी छन्। उनकी निकटम प्रतिस्पर्धी एमालेकी जयन्ती भण्डारीले २ हजार १४८ मत मात्रै प्राप्त गरेकी छन्।