डडेल्धुरामा मोटरसाइकल दुर्घटना, चालक घाइते
२०७९ जेठ ३, ०९:५९
धनगढी: डडेल्धुरामा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार सोमबार राति जिल्लाको परशुराम नगरपालिका-१२ मा जोगबुढाबाट कैलपानी जाने क्रममा से४प ५७५७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा चालक परशुराम-१२ का २७ वर्षीय तेजबहादुर ऐर घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको जोगबुढा अस्पतालमा उपचार भइरहेको बताइएको छ।
कमेन्ट लोड गर्नुस