कञ्चनपुरको बेलौरी-४ को अध्यक्षमा दोहोरिए एमालेका ढकाल
२०७९ जेठ ३, ०७:४९
धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका ४ को वडा अध्यक्षमा नेकपा एमाले अर्जुन ढकाल विजयी भएका छन्। उनी ७७४ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेपुराम चौधरीले ६४९ र माओवादी केन्द्रका रामेश्वर न्यौपानेले ५८३ मत प्राप्त गरे। ढकालले २०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा जितेका थिए।
कमेन्ट लोड गर्नुस