सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशरथचन्द-४ को अध्यक्षमा ५ मतले जिते एमालेका भट्ट 

२०७९ जेठ ३, ०५:३५ खबर संवाददाता

धनगढी: बैतडीको दशरथचन्द नगरपालिका-४ मा नेकपा एमालेका भानदेव भट्ट विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर चन्दलाई ५ मतान्तरले पराजित गर्दै भट्ट वडा अध्यक्षमा विजयी भएका हुन्।

भट्टले ७३२ मत र चन्दले ७२७ मत प्राप्त गरेका छन्। गएको स्थानीय तहको निर्वाचनमा चन्दले वडा अध्यक्षमा जित हात पारेका थिए। 
 

कमेन्ट लोड गर्नुस