बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा एमालेका जोशी , उपमेयरमा कांग्रेसकी चन्द
बैतडीः नेपाली कांग्रेसको किल्ला भनेर चिनिएको बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) विजयी भएका छन्। उनले नेपाली काँंग्रेसका मेयर पदका उम्मेदवार गजेन्द्रसिंह रावललाई पछि पार्दै विजयी भएका हुन्।
नगरपालिकामा कांग्रेसले पहिलो पटक हार व्यहोरेको छ। नेपाली कांग्रेसले दशरथचन्द नगरपालिकाका अधिकांश वडाहरुमा समेत हार व्यहोरेको छ। गएको स्थानीय तहमा ११ वडा मध्ये ८ मा जितेको कांग्रेस अहिले पछि परेको छ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छिन्। नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार सरस्वती नेपालीलाई पछि पार्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन्।