सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

२०७९ जेठ २, ०३:४५ खबर संवाददाता

अछामः अछामको ढकारी गाउँपालिकाका नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ्न्। नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर साउँद ३ हजार १८१ मतले विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर साउँदले २ हजार ५५५ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पनि नेपाली कांग्रेसका नेत्रकलादेवी शाही विजयी भएकी छन्। उनले ३ हजार १ सय मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मायादेवी बुढाले २ हजार ५७३ मत प्रात गरेकी छिन्। 

८ वडा रहेको ढकारीमा ४ कांग्रेस,२ नेकपा एमाले र २ समाजवादीले जितेकोछ। वडा नं १ कांग्रेसका उमाबहादुर बुढा ,वडा नं २ मा एमालेका चन्द्रबहादुर साउद, वडा नं ३ कांग्रेसका चन्द्रबहादुर बुढा,वडा नं ४ समाजवादीका पहलवान थापा,वडा नं ५ कांग्रेसका कर्णबहादुर साउद ,वडा नं ६ मा समाजवादीका प्रकाश थापा, वडा नं ७ मा एमालेका रामबहादुर थापा र वडा नं ८ मा कांग्रेसका उद्धवराज उपाध्याय विजयी भएका छ्न्।

कमेन्ट लोड गर्नुस